Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका १६ स्थानमा भाेली कांग्रेसले विरोधसभा  गर्दै

रुपन्देहीका १६ स्थानमा भाेली कांग्रेसले विरोधसभा  गर्दै

  • 3.4K
    SHARES

  • रुपन्देहीका १६ स्थानमा भाेली कांग्रेसले विरोधसभा  गर्दै

    बुटवल,माघ २ -

    प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले गरेको केन्द्रिय सर्कुलर अनुशार रुपन्देहीका १६ वटा स्थानमा विरोध सभाको तयारी पुरा भएको छ ।

    जिल्लाका सबै स्थानिय तहमा केन्द्रिय र जिल्ला नेताहरुको उपस्थितीमा विरोध कार्यक्रमको तयारी भएको जिल्ला सभापती अब्दुल रज्जाकले बताए ।

    उनका अनुशार पार्टिका नेताहरु बालकृष्ण खांण ,अर्का नेता भरत कुमार शाह र जिल्ला सभापती अब्दुल रज्जाकसहितका जिल्ला पदाधिकारी क्षेत्रिय र नगरका पदाधिकारहरुले सम्बोधन गर्ने छन् ।

    कांग्रेस रुपन्देहीले दिएको जानकारी अनुशार बुटवल उपमहानगरपालिकाको ट्राफिक चोक, सैनामैनानगरपालिकाको बुद्धनगर, तिलोत्तमानगरपालिकाको मणिग्राम, देवदहनगरपालिकाको खैरेनी, सिदार्थनगरपालिकाको भैरहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको महिलावार बजारमा विरोध प्रर्दशन र सभाको तयारी गरिएको हो । 

    त्यसैगरि रुपन्देहीको रोहिणीगाउपालिकाको पोखरभिण्डी, ओमसतियाको हाटिफर्साटिकर, शुद्धोधनको फर्साटिकर, सियारीको हर्नैया , गैडहवाको मंगालहपुर, कञ्चनगाउपालिकाको हरैया बजारमा कार्यक्रम तय गरिएको छ । त्यसैगरि मयादेवी गाउपालिकाको वरकसिया, कोटहीमाईको मजगांवा, मर्चवारीमाईको वडवासिया, सम्मरीमाईको रोहिणीहवा तय गरिएको छ । 


    नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोधमा पुस १३ गते १६५ निर्वाचन क्षेत्र र पुस २५ मा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । विरोध कार्यक्रममा सहभागिताका लागि जिल्लावासी उद्योगी व्यवासयी, मजदुर विद्यार्थी सबैलाई सहभागिताका लागि कांग्रेस रुपन्ेहीले अपिल गरेको छ ।

    नेपाली कांग्रेसले संविधानको व्यवस्था र भावना प्रतिकूल र जनभावना विपरितको कार्यमा नेपाली कांग्रेस एकमतले उभिने उल्लेख गर्दै विरोध प्रद्धर्शनमा ऐक्यवद्धता जनाउन आग्रह गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology