Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

त्रिभुवन आर्मीले जित्यो मदन भण्डारी स्पोर्ट्स भलिबलको उपाधि

त्रिभुवन आर्मीले जित्यो मदन भण्डारी स्पोर्ट्स भलिबलको उपाधि

  • 801
    SHARES

  • त्रिभुवन आर्मीले जित्यो मदन भण्डारी स्पोर्ट्स भलिबलको उपाधि

    बुटवल,पुस २५ ।

    त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ ।

    बिहीबार बुटवल उपमहानगरपालिका–१० रामनगरमा भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जित्न सफल भएको हो ।

    प्रतिस्पर्धामा आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ को अंकमा पराजित गरेको हो । पहिलो सेट पुलिसले सजिलै जितेको थियो । दोस्रो सेटमा आर्मीका धनबहादुर भट्ट, धनपति कुँवर, दुर्गा खड्का र दुर्गा महतोले सजिलै आर्मीलाई पुनरागमन गराए र खेल बराबरी भयो । तेस्रो सेट पुलिसले आफ्नो खातामा पार्‍यो । पुलिसका रविन चन्द, रविन नगरकोटी, पहलमान गहतराज, सन्जुविक्रम शाहले उत्कृष्ट तालमेल गर्दै जित दिलाए ।

    चौथो सेटमा दुवै टिमले उत्कृष्ट खेल देखाए । तर, पुलिसले जित निकाल्न सकेन । जित निकाल्न पुलिसका लागि आर्मीका धनबहादुर भट्ट ठूलो समस्या बने ।

    भित्र र बाहिर दुवै तर्फबाट उनले गरेका शक्तिशाली प्रहारलाई प्रहरीले रोक्नै सकेन र खेल बराबरीमा पुग्यो । पाँचौं सेटमा प्रहरीले जित निकाल्ने अपेक्षा गरेको थियो । सुरुवाती चरणमा प्रहरीले अग्रता लिएको थियो । तर, लय गुमाउन लागेको आर्मीका खेलाडी त्यसपछि संयमित बने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology