Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

प्याब्सन बुटवलद्वारा नन्दनी गौशालालाई १ लाख सहयोग र खाद्यान्न प्रदान

प्याब्सन बुटवलद्वारा नन्दनी गौशालालाई १ लाख सहयोग र खाद्यान्न प्रदान

  • 1.4K
    SHARES

  • प्याब्सन बुटवलद्वारा नन्दनी गौशालालाई १ लाख सहयोग र खाद्यान्न प्रदान

    बुटवल,पुस २४ ।

    निजी तथा आवासिय विधालय अगनाइजेशन नेपाल (प्याब्सन) बुटवलले प्याब्सन दिवसको अवसरमा नन्दनी गौशालालाई खाद्यान्न र नगद सहयोग गरेको छ ।

    ३५ औं स्थापना दिवसको अवसरमा प्याब्सन बुटवलले बुटवल उपमहानगरपालिकाका प्रमुख तथा गौशालाका संरक्षक खेलराज पाण्डेयलाई १ लाख रुपैयाँको चेक बुधबार हस्तान्तरण गरेको हो । सो अवसरमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले गौशालालाई जनस्तरबाट सञ्चालन गर्ने विषयमा आफूले सोचेको बताए । गाइपालनको विषयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान हासिल गराउन कम्तीमा वर्षमा एक पटक गौशालामा विद्यार्थीहरुलाई ल्याउन मेयर पाण्डेयले आग्रह गरे ।

    बुटवलमा अहिले ९३ हजार विद्यार्थीले अध्ययन गर्ने गरेको बताउँदै पाण्डेयले यो संख्यालाई अझै बढाउन शिक्षामा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए । 

    प्याब्सन रुपन्देहीका पूर्व अध्यक्ष यज्ञमूर्ति पाण्डे नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई फरक फरक ब्यवहार गर्न नगर्न सुझाव दिए । रुपन्देहीको शैक्षिक विकासमा संस्थागत विद्यालयका प्रमुख भूमिका रहेको बताउँदै पाण्डेयले यसलाई अझै बढाउन संस्थागत विद्यालय अझै जुटेको बताए ।

    प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले गौशालालाई गत वर्ष, अहिले र आउदा वर्षहरुमा पनि सक्दो सहयोग गर्दै जाने बताए । नगर शिक्षा समितिमा प्याब्सन बुटवलको संस्थागत प्रतिनिधित्व गराउन नगरपालिकालाई आचार्यले सुझाव दिए ।

    गौशालालाई नगदसँगै दुई टाली पराल पनि उपलब्ध गराइएको प्याब्सन बुटवलका सचिव भुवन अधिकारीले जानकारी दिए । प्याब्सन बुटवलका अध्यक्ष, मित्रहरि आचार्यको अध्यक्षता तथा सचिव भुवन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology