Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल देविनगरमा चैतन्य एकेडेमीको शाखा बिस्तार

बुटवल देविनगरमा चैतन्य एकेडेमीको शाखा बिस्तार

  • 1.3K
    SHARES

  • बुटवल  देविनगरमा चैतन्य एकेडेमीको शाखा बिस्तार

    बुटवल,पुस २३ ।

    विगत एक दशकदेखि लोकसेवा तयारी कक्षा सञ्चालनसँगै विभिन्न शैक्षिक तथा सामाजिक क्रियाकलाप गदै आएको चैतन्य एकेडेमीले बुटवलमा शाखा बिस्तार गरेको छ । काठमाडौंको नयाँ बानेश्वर शंखमूलमा केन्द्रीय कार्यालय रहेको एकेडेमीले आफ्नो तेस्रो शाखाको रुपमा बुटवल–११ देविनगरमा मँगलबारदेखि औपचारिक रुपमा सेवा विस्तार गरेको हो ।

    सो अवसरमा बोल्दै बुटवल ब्रान्चका प्रमुख दिपक ढकालले लोक सेवा तयारीका लागि अब बुटवलमै भरपर्दो कक्षा लिन पाउने सुविधा प्राप्त भएको उल्लेख गरे । संघीय राजधानी काडमाडौंमा लोकसेवा तयारीका लागि नाम कमाएको यस संस्थाले खरिदारदेखि सह–सचिव सम्मका तयारी कक्षाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । विशेष गरी सरकारी कर्मचारी, विभिन्न कार्यलय कर्मचारी तथा विद्यार्थीलाई मध्ययनजर गर्दै विहान १० बजेपहिले र साँझ ४ बजेपछिको समयमा कक्षा सञ्चालनलाई जोड दिइने उनले जानकारी गराए ।

    एकेडेमीको विशेष पूजा विधिसहित बुटवलको मुक्तिनाथ धामका एक हजार आठ स्वामी लोकानन्दले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले शिक्षा क्षेत्र सबैभन्दा उत्कृष्ट भएको भन्दै यसलाइ निरन्तरतादिनआग्रह गरे । एकेडेमीका प्रवन्ध निर्देशक गणेशप्रसाद जोशीले युवाहरुलाई सरकारी सेवामा प्रवशे गराएर विदेशीनबाट रोक्नका लागि आफ्नो अभियान रहेको उल्लेख गरे ।

    लोकसेवाको तयारी कक्षा बाहेक समृद्धिका बहस तथा सम्मेलनहरु समेत आयोजना गर्दै आएको एकेडेमीले यसअघि धनगढीमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको जानकारी दिए । बुटवलमा एकेडेमी स्थापनासँगै अब संघीय राजधानी काठमाडौं धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको उनले जनाए । कक्षामा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी तथा सेवा निवृत्त अनुभवि प्रशिक्षकहरुबाट अध्यापन गराएने उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology