Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

ब्लड क्यान्सर एरिकको उपचारमा परिवारलाई आर्थिक संकट

ब्लड क्यान्सर एरिकको उपचारमा परिवारलाई आर्थिक संकट

  • 1.4K
    SHARES

  • ब्लड क्यान्सर एरिकको उपचारमा परिवारलाई आर्थिक संकट

    महेश घिमिरे केदार / गुल्मी,पुस २२ ।

    ब्लड क्यान्सरसँग जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका एक बालकको उपचारमा आर्थिक समस्या भएको छ ।गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–दौंगा नौधारा निवासी तेज बस्नेत र अनिता बस्नेतका छोरा एरिक बस्नेत ५ बर्ष को उमेरमा ब्लड क्यान्सर भएको हो ।

    उनको उपचारका लागि लाखौँ रुपैयाँ आवश्यक भएको हुँदा उनको आर्थिक स्थिति सामान्य भएको र उनको उपचारको लागि लाग्ने खर्च जुटाउन समस्या भएकोले यो कठिन परिस्थितिको सामना गर्न सम्पूर्ण सहृदयी व्यक्तिहरूमा यतिबेला सहयोगका लागि  सो परिवारले हार्दिक अपिल गरेको छ।

    एरिक बस्नेतको बालापनको उज्यालो भविष्य अँध्यारो रोगको चपेटामा परेपछि उनको उपचारले परिवारलाई आर्थिक संकटमा पुर्याएको छ। जीवन र मृत्युसँग पाइलापिच्छे लडिरहेका एरिकको लागि हामी सबैले एकताबद्ध भएर सहयोगको हात फैलाउनुपर्ने बेला आएको छ।

    “दुःखका दिनमा दिएको सहयोग साँचो मानवताको चिनारी हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै एरिकको जीवन बचाउन सबैले सानो सहयोग गरेमा सो अमूल्य हुने परिवारजनको भनाइ छ । सहयोगको लागि एरिकको बुबा तेज बस्नेतको सम्पर्क नम्बर ९८४७१६६३२८ र आमा अनिताको बस्नेतको सम्पर्क नम्बर ९८६९०६५४९९ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology