Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्थानीय तहमा भोलि कांग्रेसको प्रदर्शन,सहभागी बन्न सभापति देउवाको अपिल

स्थानीय तहमा भोलि कांग्रेसको प्रदर्शन,सहभागी बन्न सभापति देउवाको अपिल

  • 3.1K
    SHARES

  • स्थानीय तहमा भोलि कांग्रेसको प्रदर्शन,सहभागी बन्न सभापति  देउवाको अपिल

    बुटवल,माघ २ -

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध शनिबार देशभरका स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

    सभापति देउवाले ७ सय ५३ वटै स्थानीय तहमा पूर्वनिर्धारित कार्यक्रममा सक्रिय सहभागिता जनाई विरोध प्रदर्शन सफल बनाउन शुक्रबार एक अपिलमार्फत् आग्रह गरेका हुन् ।

    कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध जनाइसकेको छ ।

    विज्ञप्तिमा सभापति देउवाले भनेका छन्-‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।’

    deuwa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology