Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका ४ पालिकामा जाडो विदा

रुपन्देहीका ४ पालिकामा जाडो विदा

  • 648
    SHARES

  • रुपन्देहीका ४ पालिकामा जाडो विदा

    बुटवल,पुस २२ ।

    चिसो बढेपछि रुपन्देहीको कञ्चन गाउँपालिकासहित ४ स्थानीय पालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । आज सोबारदेखि कञ्चन, मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा बिदा दिइएको हो ।

    कञ्चन गाउँपालिका र कोटहीमाईले पुस २२ गतेदेखि २९ गतेसम्म तथा सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् ।

    बढ्दो शितलहरका कारण चिसो अत्याधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक,धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको ती पालिकाहरुले जनाएका छन् ।

    चिसो बढेपछि तराईको जनजीवन प्रभावित भएको छ । विशेषगरी विहानको समयमा बाक्लो हुस्सु र कुहिरोले तराईमा जाडो अत्याधिक बढेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology