बुटवल,पुस २१ ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालि र यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस अघि नवलपरासी र सैनामैनामा २ चरणको कार्यक्रम सम्पन्न भैसकेको छ ।
तिलोत्तमाको बनवाटीकामा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाँण सहकारी क्षेत्रलाई ब्यबस्थित, मर्यादित र थप बिश्वसनिय बनाउन आवश्यक रहेको बताउनु भएको छ । करोडौं लगानी गरेर भित्राइएका सवारी साधनहरु गुडाउदा सडकको दुरावस्थाका कारण व्यवसायीहरु मारमा परेको बताउदै नेपाल जस्तो बिकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक बिकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न यहाको आग्रह छ ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालि तथा सहकारीका अध्यक्ष दधिराम खरेलले ब्यबसायी, मजदुर र तिनका परिवारलाई समेत उत्थान गर्ने सहकारीको निति रहेको उल्लेख गर्दै जिवनभर यातायात क्षेत्रमा काम गरेका ब्यबसायी र मजदुरहरु जिवनको उत्तराद्र्धमा खाली हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनु भयो । यसका लागि तिनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेको कुरामा उहाको जोड थियो । सस्थाले २००६ र २००७ मोडलका ४१ वटा सवारी साधनलाई विस्थापित गरेको छ । हाल प्रालीले आफ्नै मातहत लगानीमा पश्चिम नेपाल टायर्स एण्ड ट्रिट प्राली समेत संचालन गरि सुपथ मूल्यमा व्यवसायीहरुलाई विक्री वितरण गरेको खरेलको भनाई छ ।
कार्यक्रममा तत्कालिन संघका पुर्व अध्यक्ष तुल्सीराम बन्जाडेले विगतको तुलनामा यातयातको क्षेत्रले निकै फड्को मारेको बताउनु भयो । उहाँले हिजो यातयात व्यवसायीलाई हेर्ने दृष्टिकोण आज परिवर्तन भएको बताउदै यातयात क्षेत्रमा काम गर्ने हरेक मजदुरहरुकोे आनीवानी र रहनसनमा समेत सुधार आउनुका साथै उनिहरु स्वरोजगार मजदुर समेत बनिसकेको बताउनु भयो ।
सहकारीले गत मंसिर २८ गते सम्पन्न निर्वाचनमा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लामा विजेताहरुलाई सो अवशरमा सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले यातयात क्षेत्रले राष्ट्रनिर्माणमा अहम भूमीका खेलेको बताउदै पत्रकारीताको माध्यमबाट आफुहरुले समाज रुपान्त्रण तथा यातयात क्षेत्रको विकासमा सहकार्य गर्ने बताउनु भयो ।
सहकारीका उपाध्यक्ष जिवनकुमार बन्जाडेले हाल सहकारीमा २ सय ५८ जना महिला शेयर सदस्य र १ हजार ८ सय ९२ पुरुष शेयर सखस्य गरि २१ सय ८५जना शेयर सदस्यहरु रहेको बताउनु भयो । बन्जाडेले प्रालीले २०६६ साल देखि नै निरन्तर रुपमा आन्तरिक सवारी व्यवस्थापन, अनुगमन तथा दुर्घटना न्यूनिकरणको कार्यक्रम संचालन गर्दै आएको छ जस्का कारण दुर्घटनामा समेत कमी आएको बताउनु भयो ।
यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको आर्थिक अवस्थालाई सबलिकरण गर्ने उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएकोे प्रवन्धक रामचन्द्र भुसालको भनाई छ ।
चालकलाई डिजिटल माध्यमबाट परिचयपत्र बनाई वितरण गरिएको तथा प्रालीबाट प्रदान गरिने हरेक सेवालाई प्रविधि मैत्री सेवा विस्तारका लागि विशेष योजना बनाएको र प्रालीबाट संचालित स्तरिय र ब्राण्डेड सवारी साधनमा जिपिएस, सिसि क्यामेरा साथै गति मापनयन्त्र जडान कार्यसमेत भैरहेको संचालक मोहन पिएसको भनाइ छ ।
साधारण सभामा लामो समयदेखि असल चालकका रुपमा कुनैपनि दुर्घटना नगराएर दुर्घटना न्यूनिकरणमा भूमीका खेलेकोमा असल तथा स्वरोजगार चालकहरु रमेश न्यौपाने र उद्धबहादुर सुवेदीलाई सम्मान गरेको छ ।
त्यस्तै कर्तव्य निष्ट असल कर्मचारीहरुमा शंकर खरेल, विश्व न्यौपाने, सम्मर बहादुर थापा, सहकारीका तर्फबाट असल कर्मचारीका रुपमा कार्यरत जगबहादुर श्रेष्ठ तथा स्वरोजगार व्यवसायी सन्तु सिंह गान्धीलाई सम्मान गरिएको कर्मचारी राजन शर्र्माले बताउनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)