Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

  • 1.3K
    SHARES

  • ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

    बुटवल पुस २१ ।

    बुटवल स्थित ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनालले सहकारीमा आवद्ध हुनेहरुले इमान्दारी पूर्वक काम गर्नुपर्ने बताए ।

    सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने धारणा राख्दै उनले सहकारी सदस्यहरुले सहकारीका कार्यक्रमहरुमा चासो राख्नुपर्ने बताए ।

    कार्यक्रममा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल, उपाध्यक्ष ठानेश्वर बस्याल, औषधी ब्यवसायी संघका लुकराज न्यौपाने, सहकारीका सदस्य भरतमणि घिमिरे, सरस्वती बस्याललगायतले सहकारी क्षेत्रको चर्चा गरेका थिए । साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पदमलाल घिमिरेले सहकारीले गरेका काम र भावि योजना प्रस्तुत गरेका थिए ।

    सहकारीका सचिव खगेश्वर भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखा समितिको प्रतिवेदन रिखिराम भट्टराई र आर्थिक प्रतिवेदन ब्यवस्थापक लक्ष्मण रेग्मीले प्रस्तुत गरेका थिए । बन्द सत्रमा अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन  तथा आर्थिक प्रतिवेदन माथि छलफल भएको थियो । छलफल पछि ती प्रतिवेदन पारित गरिएको थियो ।

    सहकारीको उद्घाटन सत्रमा उत्कृष्ट बचतकर्ता तथा ऋणिका तर्फबाट नियमित ब्याज तथा किस्ता बुझाउने मध्येबाट एक एक जनालाई सम्मान गरिएको थियो । त्यस्तै एसइइमा उत्कृष्ट अंक ल्याउने सहकारी सदस्यका छोराछोरी मध्येबाट सामुदायिक विद्यालय तर्र्फ निशान रेग्मी र सस्थागत विद्यालय तर्फ कृपा घिमिरेलाई सम्मान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology