बुटवल,पुस २० ।
रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघ बुटवलको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवल १२ मा रहेको मिलन पार्कमा साधारणसभा तथा बनभोज कार्यक्रम भएको हो ।
संघका अध्यक्ष कमलप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देबी अर्यालले अहिले रुपन्देहीका मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेसहरु सुधारिएको बताउनुभयो । उहाँले अनुगमन गरेर ब्यवसायीहरु अनुशासित भएको समेत बताउनुभयो । उहाँले धर्म सम्झेर ब्यापार ब्यवसाय गरे कोहीपनि ठगिनुनपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्य ,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलुवाई ,नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे ,उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक लक्ष्मण प्रसाद पोखरेल, संस्थापक अध्यक्ष घनश्याम पाण्डे , बुटवल उप महानगरपालिका अनुगमन शाखा प्रमुख ठमिश्वर पोखरेल ,होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी ,उपभोक्ता हित संरक्षण मंच रूपन्देहीका अध्यक्ष समुन्द्र जि सी ,मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति कृष्ण भट्टराइ,वागेश्वरी आइसक्रिमका प्रोप्राइटर शंकर ज्ञवाली , कृषि उपज तथा थोक व्यवसायी संघका अध्यक्ष घनश्याम भुषाल ,रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष बिशाल थापा ज्यु, रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष रामकृष्ण शर्मा, घर बहाल सरोकार संघका अध्यक्ष राजु लिगल, कानुनी सल्लाहकार घनश्याम पन्त लगायतले बोल्दै साधारणसभाको सफलताको शुभकामना दिए ।
२०६१ सालमा १०-१२ व्यवसायी बाट सुरु भएको यो संस्थामा हाल १५० भन्दा बढी सदस्य हरु आबद्ध रहेको अध्यक्ष कमल पोखरेलले बताउनुभयो । साधारणसभामा सचिव केशव राज कंडेलको सांगठनिक प्रतिवेदन,कोषाध्यक्ष रविन्द्रकुमार श्रेष्ठ र बाबुराम घिमिरेद्वारा प्रस्तुत लेखापरिक्षकको प्रतिबेदन पास गरिएको छ ।
साथै बनभोजमा समेत दिनभर रमाइलो गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)