बुटवल,पुस १९ ।
जनजागरण महिला समुह बुटवल ११ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । करिब २९ लाख लागतमा निर्मित भवनको बुटवल नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
साधारणसभा तथा अधिवेशन समेत भएको सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवललाइ नमुना बिकासको मोडलमा लगिएको बताउनुभयो । उहाले बिकासका लागि नागरिकको चासो र सहयोग चाहिने बताउनुभयो ।
सो अवसरमा उपप्रमुख साबित्रादेवि अर्यालले महिलालाइ सीपसंग जोडेर आत्मनिर्भर बनाउन नगरपालिकाले नीति नै बनाएको बताउनुभयो |
अध्यक्ष मन्जु खड्का पार्वतीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, जनप्रतिनिधि सुस्मा अर्याल,मणिमुकुन्द कलेजका प्राचार्य टुकबहादुर क्षेत्री ,शिवनगर सामुदायिक बनका सचिव श्यामकली आचार्य ,देविसिद्ध युवा क्लवका अध्यक्ष मनोजकुमार विक ,समुहका उपाध्यक्ष लक्ष्मी ओली,समुहका कोषाध्यक्ष माया बेल्वासे,सदस्य शान्ता पाण्डे,गोपाल केसी,जग्गादाता भक्तबहादुर कार्की ,
सल्लाहकार भरत पाठक,देवस्थल मन्दिरका अध्यक्ष अशोक गुरूङ लगायतले बोल्दै समुहको सामाजिक काममा सबैले हातेमालो गर्नुपर्ने बताए । जनजागरण महिला समुहमा १०२ सदस्य रहेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)