Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नेपाल चिकित्सक संघ लुम्बिनीले रूपन्देहीमा दौड प्रतियोगिता गर्दै

नेपाल चिकित्सक संघ लुम्बिनीले रूपन्देहीमा दौड प्रतियोगिता गर्दै

  • 663
    SHARES

  • नेपाल चिकित्सक संघ लुम्बिनीले रूपन्देहीमा दौड प्रतियोगिता गर्दै

    बुटवल,पुस १९ ।

    नेपाल चिकित्सक संघ लुम्बिनीले बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देही भित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्नका लागि दौड गर्ने भएको हो ।

    प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष डा.कृष्ण खरेलले बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागेको उनले बताए । राजमार्ग चौराहस्थित पृथ्वीनारायण शाह पथ, कालिकानगरबाट शुरु हुने दौड साईनो केन्द्र, मंगलापुरमा समापन हुने उनले बताए ।

    संघको आयोजनामा चिकित्सकहरूबीच भाइचारा र ज्ञान आदानप्रदानलाई प्रवद्र्धन गर्न वर्षेनी विभिन्न गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताए । यस परम्परालाई निरन्तरता दिँदै, संघबाट यो वर्षमा स्वस्थ्य, खेलकुद र संस्कृति संरक्षणको अभियानलाई जोडेर विभिन्न कार्यक्रम गर्ने भएको उनले बताए ।

    प्रतियोगितामा पुरुष र महिला दुबैतर्फका उपाधि विजेताले नगद २०,०००रुपैया, मेडल, प्रमाणपत्र, दोस्रो पुरस्कार १५,००० र तेस्रो पुरस्कार १०,००० रुपैया, मेडलबाट पुरस्कृत गरिने संघका सचिव डा.प्रकाश बस्नेतले बताए । प्रतियोगितामा रुपन्देहीका ३ दर्जन बढी संघसंस्थाहरुलाई आमन्त्रण गरिएको उनले बताए ।

    यसैबिच संघका अध्यक्ष डा कृष्ण खरेल, कोषाध्यक्ष डा रमेश भट्टराई, सहसचिव डा.मोहन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले दौड प्रतियोगिताको टिसर्ट सार्वजनिक गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology