Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बैतडीमा २४ वर्षीय महिला बलात्कृत

बैतडीमा २४ वर्षीय महिला बलात्कृत

  • 771
    SHARES

  • बैतडीमा २४ वर्षीय महिला बलात्कृत

    दार्चुला,पुस १८ ।

    बैतडीमा २४ वर्षीया महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता गराएकी छन् । प्रहरीका अनुसार सिगास गाउँपालिकाकी ती महिलालाई गत असार १७ गते राति २६ वर्षीय अर्जनसिंह धामीले जबरजस्ती करणी गरेका थिए ।

    महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । उनलाई हाल पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।

    जाहेरी दर्तापछि घटनामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनका अनुसार आरोपित धामी भने फरार रहेका छन् । प्रहरीका अनुसार बलात्कारपछि महिलाको ६ महिनाको गर्भ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology