बुटवल,माघ १ -
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाएका छन् ।
नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम गरेको दावी गर्दै ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको उनले आरोप लगाए ।
थारु समुदायको नयाँ बर्ष २६४५ एवं माघी पर्व २०७७ को अवसरमा रुपन्देहीको तिलोत्तमा-१३ करौजियामा सिटी युवा क्लवद्वारा आयोजित माघी महोत्सवलाइ सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका प्रभावशाली नेता खाँणले सरकार गतल बाटोमा लागेकाले पतन भएरै छाड्ने दाबि गरे ।
संसद बिघटन अलोकतान्त्रिक, असंबैधानिक, अधिनायकबादको यात्रा भएको उनको तर्क छ ।अदालतमा रहेको बिचाराधीन मुद्धाको निर्णय कुरेको उनले बताएका छन् ।
यो बिषयमा अदातललाइ धेरै प्रेसर दिनु उचित नहुने बताए । कोरोना महामारीको रोकथामका लागि भनेर खरीद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको भन्दै उनले जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने बताए ।
नेपालको राष्ट्रियता र लोकतान्त्रिक मुल्य–मान्यतालाई कमजोर हुन नदिने बताए । सो अबसरमा थारु समुदायका बिभिन्न नाचहरु प्रस्तुत गरिएको कार्यक्रमका अध्यक्ष सन्तराम चौधरीले नागरिक अनलाइनलाइ बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)