Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

करेन्ट ब्रान्डका सबै परिकार एकैठाउमा,बुटवलमा खुल्यो `करेन्ट पोईन्ट´

करेन्ट ब्रान्डका सबै परिकार एकैठाउमा,बुटवलमा खुल्यो `करेन्ट पोईन्ट´

  • 849
    SHARES

  • करेन्ट ब्रान्डका सबै परिकार एकैठाउमा,बुटवलमा खुल्यो `करेन्ट पोईन्ट´

    बुटवल,पुस १७ । 

    नेपालको चर्चित चाउचाउ ब्रान्ड करेन्टको उत्पादक यशोदा फुड्स प्रालिले बुटवलको कालिका नगरमा ‘करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ ।

    करेन्ट ब्रान्डका सबै परिकार पाइने गरी मंगलदेखि सञ्चालनमा आएको ‘करेन्ट पोइन्ट’ को शुभारम्भ बुटवल उद्योगवाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गर्दै  यशोदा फुड्सका उत्पादनहरू गुणस्तरीय रहेको बताउँदै स्वास्थ्यकालागि पनि फाइदाजनक रहेको बताए ।

    यशोदा फुड्सले राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएको बताउँदै कुनै बेला घ्युको बजारकोबजारको रूपमा परिचित भएको बुटवल यशोदा फुड्सकै कारण विश्व बजारमा परिचित भएको भन्दै प्रशंसा गरे ।

    उनलेकरेन्टका उत्पादनहरू नेपालसहित अमेरिका, क्यान्डा, जापानका साथै एसिया तथा युरोपका प्रमुख देशमा निर्यात गरीउद्योगले बुटवललाई विश्व बजारमा समेत परिचित गराउन सफल भएको भन्दै बधाई समेत दिएका थिए ।

    कार्यक्रममा बोल्दै यशोदा फुड्सका निर्देशक चुन्न प्रसाद पौडेलले हामीले यहाँ आफ्ना सबै ब्रान्डका उत्पादनहरूकाफरक–फरक परिकारहरू तयार गरी ती परिकारका स्वादहरू ग्राहकलाई पस्कने गरी आउट लेट सञ्चालनमा ल्याएकोबताए । उनले ग्राहकले आफूले रुचाएका हाम्रा सबै उत्पादनहरू समेत यहाँबाट खरिद गर्न सक्ने बताए ।

    उद्योगका अर्को निर्देशक  नरिश्वर पौडेलले  करेन्टका परिकार तयार गरी खुवाउने तथा उनीहरूको तत्काल प्रतिक्रियापनि लिने उद्देश्यका साथ नेपालमै पहिलो पटक यस्तो आउट लेट सञ्चालनमा ल्याइएको उद्योगका बताए ।

    करेन्ट पोइन्ट मार्फत यशोदा फुड्सले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट ३× स्पाइसी, करेन्ट सेजवान, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स, करेन्ट चिकन पिजा, करेन्ट अकबरे, करेन्ट चटपट, करेन्ट मसला नुडल्स, लाली लगायतका ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा बिक्री तथा वितरण गर्दै आइरहेको छ ।

    यशोदा फुड्स रुपन्देहीको तिलोत्तमामा २०७३ सालमा स्थापना भई २०७४ सालबाट उत्पादन सुरु गरेको होे । उक्तकम्पनीले  स्न्याक्सअन्तर्गत करेन्ट चिज बल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटाटो क्रयाकर, करेन्ट पोटाटोस्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट कोदो, करेन्ट कोदो चिपस, करेन्ट फापर चिपस लगायतका आफ्ना प्रिमियम उत्पादनहरू नेपालमा बिक्री गर्नुका साथै विश्व बजारमा समेत निर्यातगर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, पौष १७ २०८१०७:३५:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology