Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

मगर संघ रुपन्देहीको अध्यक्षमा थर्क बारघरेमगर

मगर संघ रुपन्देहीको अध्यक्षमा थर्क बारघरेमगर

  • 1.1K
    SHARES

  • मगर संघ रुपन्देहीको अध्यक्षमा थर्क बारघरेमगर

    बुटवल,पुस १७ ।

    नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको पुष १४ गतेदेखि सुरुभएको २३ औं जिल्ला अधिवेशन २५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।

    अधिवेशनले थर्क बहादुर बारघरेमगरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । यसअघि जिल्ला समितिमा सदस्य, सचिव र उपाध्यक्ष रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएका बारघरे अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरि निर्वाचन मार्फत उपाध्यक्षमा टेक बहादुर रेस्मीमगर निर्वाचित हुनुभएको छ ।

    उपाध्यक्ष र सचिवमा आकांक्षीहरु धेरै भएपछि निर्वाचन मार्फत नेतृत्व टुङ्गयाइएको निर्वाचन समितिका संयोजक गीता सारुमगरले जानकारी दिनुभयो । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रेस्मीले कुल खसेको ५९ मतमा ४६ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उपाध्यक्षका अर्का दावेदार इन्दु थापामगरले १२ मत प्राप्त गर्नुभएको थियो भने एक मत बदर भएको थियो । यसैगरि सचिवमा राधिका श्रीसमगर निर्वाचित हुनुभएको छ । तीन जना उम्मेद्वार रहेको सचिव पद्मा श्रीसले ३६ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो ।

    सचिवका अर्का दावेदार मान बहादुर बुढाथोकीमगरले १८ र तेज बहादुर रानामगरले तीन मत प्राप्त गर्नुभएको थियो । यसैगरि सहसचिवमा भेक बहादुर सारुमगर र कोषाध्यक्षमा रुद्रवीर चिडिमगर निर्वाचित हुुनुभएको छ ।

    यसैगरि संघको सदस्यहरुमा श्याम बहादुर रानामगर, विनिता थापामगर, खीमा श्रीसमगर, भोम बहादुर बुढामगर, छवी रानामगर, चन्दा थापामगर, शोभकुमारी थापा, विना पुनमगर, नेक बहादुर थापामगर, टेक बहादुर पुलामीमगर, लिल बहादुर दर्लामीमगर, मीन बहादुर पल्लीमगर, झविलाल थापामगर र मिठ्ठुमाया थापामगर निर्वाचित हुनुभएको छ । निर्वाचित समितिलाई नेपाल मगर संघका कन्द्रीय सहअध्यक्ष गंगा थापामगरले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, पौष १६ २०८१०४:२४:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology