Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरी

ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरी

  • 2.4K
    SHARES

  • ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिक उत्सवमा बुटवलमा प्रभातफेरी

    बुटवल,पुस १५ ।

    ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिक उत्सवको अवसरमा बुटवलमा प्रभात फेरि कार्यक्रम भएको छ । बुटवलको देबिनगर देखि ट्राफिकचोक सम्म प्रभातफेरि भएको हो ।

    प्रभातफेरि पछि भएको कोण सभामा बैंकका प्रदेश प्रमुख शान्ता सिवाकोटीले  बैंकले दिँदै आएका सेवा सुविधाका बारेमा जानकारी गराउँदै वचत गर्ने बानिको बिकास गर्न आग्रह गर्नुभएको थियो।

    सबैका लागि बैंक’ भन्ने नाराका साथ अंगाडी बढेको ग्लोवल आईएमई बैंकले वचत गर्ने बानीको बिकास गराउनका लागि प्रवद्र्धनात्मक प्रभातफेरी कार्यक्रम गरिएको बिष्णु अर्यालले  बताउनुभयो ।

    उहाँले वचत नै भविश्यको सुनिश्चितता गर्ने आधार भएकाले वचत गर्ने बानि बसाल्न अति आवश्यक रहेको बताउनु भयो । बैंकले देशव्यापी रुपमा बार्षिकोत्सवका विविध कार्यक्रम गरेको छ । कार्यक्रम ग्लोबल आइएमई बैंक प्रदेश कार्यालयले गरेको हो । प्रभात फेरि कार्यक्रममा १०० सय जनाको सहभागिता रहेको पनि जानकारी दिनुभयो ।

    ग्लोबल आइएमई बैंक “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ । 
    बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ ।  ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

    बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।  
    बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । 

    अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, पौष १५ २०८११२:२७:२०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology