बुटवल,पुस १४ ।
बुटवलमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।बुटवल उपमहानगरपालिकाको आयोजनामा हुने पुस १६ देखि १८ गतेसम्म चल्ने प्रतियोगिता बुटवल दिपनगरस्थित सिद्देश्वरी माबिको खेल मैदान हुनेछ । बुटवललाइ खेलकुदको हव बनाउने योजना रहेको नगर खेलकुद बिकास समितिका अध्यक्ष बोनिन पियाले बताउनुभयो । यसपटकको प्रतियोगिताका लागि २३ लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।
कुल १५०२ बिद्यार्थीको सहभागिता रहने रनिङ् शिल्डमा सामुदायिक र संस्थागत गरि कुल ५३ बिद्यालयको सहभागिता रहने समितिले बताएको छ । नगर प्रमुख खेलराज पाण्डेयले २७ करोड लगानीमा सालघारीमा रहेको खेल मैदान तयार हुदै गरेको उल्लेख गर्नुभयो । बुटवलमा फुटवलका लागि ८ वटा मैदान,क्रिकेटका ३,ब्याडमिन्टनका ३ र लनटेनिसका लागि १ कोर्ट रहेको समेत उहाँले बताउनुभयो ।

‘यसमा कतिपय संचालनमा छन् ,कतिपयलाइ बजेट हालेर बनाउँदैछौँ,बुटवल खेलकुदको हव बन्नेछ’ – नगरप्रमुख पाण्डेयको भनाइ छ । नगरबाट हुने प्रतियोगिताका लागि मात्रै साढे ३ करोड लगानी गरिएको प्रमुख पाण्डेयले बताउनुभयो ।प्रतियोगितामा भलिवल, कबड्डी, तेक्वान्दो ,कराते, एथ्लेटिक्सका खेलहरु तीनदिनसम्म हुनेछन् ।
यसवर्ष छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान माबि,छात्र भलिवल सिद्धेश्वर कोर्टमा गरिने समितिका सदस्य सचिव प्रेम बस्नेतले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, समितिका सदस्यसचिव प्रेम बस्नेत, प्रतियोगिता मुल्यांकन समितिका संयोजक लालहरि पाण्डेले प्रतियोगिताका बारेमा जानकारी दिनुभयो । गतवर्ष कालिका मानवज्ञान माबि उपाधि विजेता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)