Logo बिहिवार, आश्विन १ गते २०८३
images

मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेशन सुरु

मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेशन सुरु

  • 870
    SHARES

  • मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेशन सुरु

    बुटवल,पुस १४ ।

    नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको २३ औं जिल्ला अधिवेशन बुटवलमा सुरु भएको छ । पुस १३ गतेदेखिदुई दिनसम्म चल्ने जिल्ला अधिवेशनको नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष गंगा बहादुर थापाले शनिबार बुटवलमा खुलाशत्रको उद्घाटन गर्नुभएको हो ।

    नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापामगरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सहअध्यक्ष गंगा बहादुर थापाले राष्ट्र र समुदायका विकासका लागि मगर समुदाय राजनीतिक रुपमा एकजुट हुनुपर्ने आवश्यक्ता रहेको धारणा व्यक्त गर्नुभएको छ ।

    संघले राजनीतिक रुपमा काम नगर्ने भएपनि नेपालको सन्दर्भमा राजनीतिक हैसियत राख्ने भएकाले यसलाई राजनीतिक शक्तिका रुपमा विकास गर्नुपर्नेे समय आएको कुरामा उहाँले जोड दिनुभएको हो । सो अवसरमा बोल्दै संघका अर्का केन्द्रिय सहअध्यक्ष दल बहादुर वीरकट्टामगरले समाज परिवर्तनका लागि समाजमा रहेका पुरातन पद्धतीलाई बदल्न आवश्यक रहेको बताउनु भएको छ ।

    समाज विकासका लागि बाधक प्रथा र पद्धतीलाई परिमार्जन गर्दै समाजलाई अगाडि डो¥याउने दिशामा जान आवश्यक रहेको उहाँको भनाई थियो ।सो अवसरमा नेपाल मगर संघ लुम्विनी प्रदेश अध्यक्ष डिवी थापामगर लगायतका मगर संघका नेताहरुले बोल्नु भएको थियो ।

    कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष थर्क बहादुर बारघरेको स्वागत तथा सचिव इन्दु थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो । संघको बन्द शत्र पुस १४ गते बुटवलस्थित अमर भवनमा नयाँ नेतृत्व चयन सहित सम्पन्न हुने संघले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology