Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दक्षिण कोरियामा विमान दुर्घटना : १७४ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना : १७४ जनाको मृत्यु

  • 648
    SHARES

  • दक्षिण कोरियामा विमान दुर्घटना : १७४ जनाको मृत्यु

    दक्षिण कोरिया,पुस १४ ।

    दक्षिण कोरियामा विमान दुर्घटना १७४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुईजनाको भने जीवितै उद्धार गरिएको छ। अहिलेसम्म १७४ जनाको मृत्यु भएको पुष्टि भएको र एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको बीबीसीले जनाएको छ।

    आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा  अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो।  विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु गरी जम्मा १८१ जना सवार थिए।

    विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो। जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो। पर्खालमा ठोक्किएपछि विमानमा आगो लागेको थियो। दुर्घटना स्थानीय समयअनुसार ९:०७ मा भएको थियो। समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिएको छ।

    दुर्घटना भएको जेजु एयरलाइन्सको विमान अमेरिकी कम्पनी बोइङको ७३७–८०० नम्बरको विमान हो। विमानले दुई पटक विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो। पहिलो प्रयासमा पनि ल्यान्डिङ गियर नखुलेपछि विमान अवतरण हुन सकेको थिएन। त्यसपछि विमानले विमानस्थलको परिक्रमा गरेको थियो।

    दोस्रो पटक पाइलटले ल्यान्डिङ गियर बिना नै विमान अवतरण गरेका थिए। कतिपय मिडिया रिपोर्टहरुमा चरा विमानको पखेटामा ठोकिएको दाबी गरिएको छ।

    मुआन एयरपोर्टका फायर अफिसरले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै विमानमा लागेको आगो नियन्त्रणमा आएको बताएका छन्। विमानमा लागेको आगो निभाउन ४३ मिनेट लागेको जनाइएको छ। विमानमा सवार यात्रुमध्ये १ सय ७३ दक्षिण कोरियाली र २ थाई नागरिक थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology