बुटवल,पुस १३ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा रुपन्देही र बुटवल उपमहानगर समितिले बुटवलमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। जेसिज भवन पुस्तक प्लाजामा भएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको जिल्ला अध्यक्ष गोपाल बस्यालले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बुटवल वडा न ४ का वडाध्यक्ष नरिश्वर शर्माले सामाजिक काम गर्दा आत्मसन्तुष्टि मिल्ने भन्दै यसप्रकारका कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल स्वयंसेवि रक्तदाता समाजका जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान महान काम भएको भन्दै पुरानो र नया पुस्तामा समेत नियमित रक्तदान गर्नुपर्छ भन्ने मान्यता स्थापित भैरहेको बताउनुभयो ।
सो अवसरमा केन्द्रिय सदस्य हरि अर्याल,रामकृष्ण चापागाइ, मनहरि बस्याल,नगर अध्यक्ष रामप्रसाद भुसाल,रक्तदान कार्यक्रम संयोजक अस्मिता काफ्ले घिमिरे लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)