Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पानी पार्ने प्रणाली पूर्वसम्म पुग्यो, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

पानी पार्ने प्रणाली पूर्वसम्म पुग्यो, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • 690
    SHARES

  • पानी पार्ने प्रणाली पूर्वसम्म पुग्यो, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं,पुस १३ ।

    हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा हल्का हिमपात पनि भइरहेको छ ।

    आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरू तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

    भोलि दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology