बुटवल,पुस १२ ।
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी सुरु भएको छ । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीको नयाँगाउँमा रहेको मुक्तिनाथ धाम नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी सुरु भएको हो ।
गोष्ठीको मुक्तिनाथ धामका स्वामी लोकानन्दको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । उहाँले कार्यक्रमको उद्घाटन गर्दै धर्म,संकृतिको संरक्षण गर्नको लागि धर्मगुरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
धर्मशास्त्रमा उल्लेख भएका विधि र पद्धतिबाट पुजाआजा तथा श्राद्ध गर्नुपर्नेमा जोड दिँदै धर्मगुरुहरुले जजमानलाई सहि निर्देशित गरिनुपर्ने बताउनु भयो ।
यस्तै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल , चेम्बर अफ कर्मशका प्रदेश अध्यक्ष टंकप्रसा पोखरेल , विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका उपमहासचिब चिरञ्जिवी पौडल, बाबुराम ज्ञवाली, चुरामणी पाण्डेय लगायतले कार्यक्रममा बोल्नु भएको थियो । गोष्ठीको पहिलो दिन त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ज्योतिष दीनानाथ पण्डितले जन्म कुण्डलीमा पितृदोष समस्या र सामाधानको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले पितृदोष हुँदा देखा पर्ने समस्या र निराकरणको उपायका बारेमा जानकारी गराउनु भयो । यस्तै प्रध्यापक डाक्टर देवमणि भट्टराईले त्रिपिण्डी श्राद्धको औचित्य र विधिको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयवस्तुहरुमा त्यसैसँग सम्बन्धितविज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति ज्यो.जनार्दन न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै शनिबार सहप्रध्यापक ज्योतिष दीनानाथपण्डित नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तुविभागका प्रमुख ई.लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धिकार्यपत्र प्रस्तुत हुने न्यौपानेले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)