Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रुपन्देहीको नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी हुने

रुपन्देहीको नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी हुने

  • 2.0K
    SHARES

  • रुपन्देहीको नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी हुने

    बुटवल,पुस ११ ।

    विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीको नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु बिषयक गोष्ठी हुने भएको छ ।

    यहि पुस १२ र १३ गते बृहत्गोष्ठी गरिने बुटवलमा पत्रकार सम्मेलन जानकारी दिईएको छ ।उक्त गोष्ठी त्रिपिण्डी श्राद्ध,वास्तु एवं ज्योतिषसँग सम्बन्धित रहने आयोजक समितिले जनाएको छ ।

    धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयवस्तुहरुमा त्यसैसँग सम्बन्धितविज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति ज्यो.जनार्दन न्यौपानेले जानकारी दिनुभयो ।

    सो अवसरमा त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागकाअध्यक्ष प्रा.डा. देवमणि भट्टराई, व्रतबन्ध मुहूर्तका विषयमा हिमाल पञ्चाङगका पञ्चाङगकार प्रा.डा.विश्वनाथत्रिपाठी, जन्म कुण्डलीमा पितृदोष समस्या र समाधानका विषयमा त्रिभुवन विश्वविद्यालयका सहप्रा.ज्यो.दीनानाथपण्डित, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तुविभागका प्रमुख ई.लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धिकार्यपत्र प्रस्तुत हुने न्यौपानेले बताउनभयो ।

    कार्यक्रमको उद्घाटन एवं आशीर्वचन सन्त शिरोमणि लोकानन्द महाराजबाट हुनेछ भने दुई दिनसम्म सन्चालन हुने उक्तकार्यक्रम रुपन्देहीको स्वामीनारायण मुक्तिनाथ धाम नयाँगाउँमा रहने ज्केयोतिष परिषद्का केन्द्रिय उपाध्यक्ष सुन्दर भण्डारीले बताउनुभयो ।

    उक्त कार्यक्रममाप्रवेश निःशुल्क रहेकोले सबै पण्डित, ज्योतिष तथा धार्मिक क्षेत्रका अगुवाहरुलाई कार्यक्रममा सहभागी हुने महासचिव कमल पौडेलले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology