Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रुपन्देहीमा गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

रुपन्देहीमा गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

  • 1.2K
    SHARES

  • रुपन्देहीमा गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

    बुटवल, पुस ६।

    तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व ल्होसार विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ ।

    शनिबार जिल्ला परिषद कार्यलय प्राङ्गण रामनगरमा पत्रकार सम्मेलन गरी गुरुङहरुको महान पर्व लहोसारबारे जानकारी गराइएको हो । पुस १५ अर्थात यो वर्प गिद्ध वर्गलाई बिदा गरी सर्प वर्गलाई स्वागत गर्दै यस वर्षको ल्होसार मनाइदै छ ।

    ल्होसारका अवसरमा पुस ११ गते बिहान  ८ बजे सबै नगर तथा इकाईमा सरसफाई कार्यक्रम गरिने छ भने सहसचिव तेजप्रसाद गुरुङलाई दिइएको छ । 

    त्यसैगरी पुस १३ गते साँझ ५ बजे जिल्लाभरि दिपावली कार्यक्रम गरिने र जसको जिम्मेवारी जिल्ला उपाध्यक्ष गंगा गुरुङलाई दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

    त्यस्तै पुृस १४ गते ट्राफिकचोकबाट बृहत झाँकीसहित शान्ति ¥याली निकालिने छ । उक्त र्याली जिल्ला समितिको कार्यालय प्रांगणमा पुगेर समापन हुने छ ।  सांस्कृतिक इकाई स्तरको २५ वर्षमुनिको नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ । यसका लागि सचिव आशा गुरुङ, कोषाध्यक्ष मनप्रसाद गुरुङ, सहकोषाध्यक्ष मनिराज गुरुङ, सदस्यहरु दिलमाया गुरुङ, शेरजंग गुरुङ, ज्ञानबहादुर गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ ।

    पुस १५ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै तमु युवा छोंज धी जिल्ला समितिद्वारा विभिन्न मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गरिने छ । losar.jpg

    पत्रकार सम्मेलनमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्ता भिम गुरुङले महान पर्व ल्होसारलाई भव्यतापुर्वक मनाइने बताउँदै यसका लागि सबै समितिहरु क्रियाशिल रहेको बताए ।

    त्यस्तै जिल्ला अध्यक्ष विमला गुरुङ र सचिव आशा गुरुङले ल्होसारका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रबाट पनि महत्वपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology