Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा

  • 996
    SHARES

  • नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा

    बुटवल, पुस ४ ।
    नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा हुने भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र मा यहि पुस ५ र ६ गते दुई दिन केन्द्रीय साधारण सभा आयोजना गर्न लागिएको  हो ।

    जसको तयारी पुरा भएको  बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मेलनमा देशभरबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारी सदस्यका अध्यक्ष तथा प्रतिनिधीहरुको  सहभागीता हुने जानकारी दिए ।

    उनले‘एउटै अभियान एउटै आवाज, सुरक्षित साकोस समुन्नत समाज’ भन्ने नाराका साथ  साधारण सभा आयोजना गर्न लागिएको अध्यक्ष ढकालको भनाई रहेको छ ।
    साधारण सभाको नेपाल सरकार भुमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बालराम अधिकारीले उद्घटन गर्ने कार्यक्रम रहेको छ ।IMG_4890.jpeg

    दुई दिन सम्म चल्ने साधारण सभामा दोस्रो दिन प्राविधिक शत्र आयोजना गरिएको   नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीकृष्ण नेपालले जानकारी दिए । सहकारी सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रर्वद्धन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

    नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकालले साधारण सभामा उत्कृष्ठ कार्य गर्ने सहकारी संस्थाहरुको सम्मान समेत गरिने भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology