Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्कृष्ट बिद्यार्थीलाइ बधाई तथा सम्मान

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्कृष्ट बिद्यार्थीलाइ बधाई तथा सम्मान

  • 2.1K
    SHARES

  • सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्कृष्ट बिद्यार्थीलाइ  बधाई तथा सम्मान

    बुटवल,पुस ३ ।
    बुटवल हाटबजारस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसले उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ । आज एक समारोहकाबिच उनीहरूलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ ।

    बिस २०८१ सालमा सञ्चालित बी.एड्. चौथो वर्षको वार्षिक परीक्षामा ७५.६ प्रतिशत अङ्क प्राप्त गरी लुम्बिनी प्रदेश प्रथम हुन सफल  सिमा बुढा र ७३.६ प्रतिशत अंक प्राप्त गरी बी.बी.एस.तर्फ क्याम्पस प्रथम हुन सफल सुशिल घिमिरे लगायत उत्कृष्ट अङ्कका साथ उत्तीर्ण हुने बी.एड्.तथा बी.बी.एस चौथो वर्षका सबै मेधावी विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

    क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पूर्व क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,पब्लिक प्राध्यापक संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस एकाई सभापति गोपालप्रसाद चापागाई,सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल,भाषा तथा साहित्य विभाग प्रमुख रीता रेग्मी,शिक्षा तथा समाजशास्त्र विभाग प्रमुख बुद्धिराम भट्टराई, व्यवस्थापन विभाग प्रमुख रमेश पाण्डे तथा परियोजना संयोजक लक्ष्मण पाण्डे विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । करिब ५०० जना विद्यार्थी, ३५ जना प्राध्यापक र १० जना कर्मचारीको उपस्थितिमा विद्यार्थीहरूले विभिन्न गायन, सांस्कृतिक नृत्य,कविता तथा कमेडी समेतको प्रस्तुती गरी सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले गर्नुभएको थियो ।bdd36587-714a-4b67-818a-e2e1d7ab418b.jpeg
    कार्यक्रममा लुम्बिनी प्रदेश प्रथम हुन सफल सिमा बुढा र बी.बी.एस.तर्फ क्याम्पस प्रथम हुन सफल सुशिल घिमिरेलाई प्रमाणपत्र, खादा र मायाको चिनो साथै उत्कृष्ट अंक सहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले खादा र मायाको चिनोबाट सम्मानित गर्दै सिद्धार्थ गौतम बुद्ध क्याम्पसका  विद्यार्थीहरूले विभिन्न तह र संकायमा विगत केही वर्षदेखि जिल्ला,प्रदेश र नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल हुनु सम्पूर्ण क्याम्पस परिवारको मिहिनेत र विद्यार्थीहरूको लगनशीलताका कारण सफल भएको र त्यसलाई आगामी दिनमा समेत अझ उचाईमा पुर्याउनु पर्ने धारणा व्यक्त गर्दै स्नातकोत्तर तहमा एम्.एड्(नेपाली,अङ्ग्रेजी,स्वास्थ्य र पाठ्यक्रम) र एम्.बी.एस्.तर्फ समेत भर्ना खुलिसकेकाले आफ्नो सिट समयमै सुरक्षित गर्न समेत आग्रह गर्नु भएको  उप.प्रा श्री शेषकान्त अर्यालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, पौष ३ २०८१०९:२०:१६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology