बुटवल,पुस २ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १ सय ४६ विद्यार्थीलाई छात्रवृत्ति दिईएको छ। उनीहरूले छात्रवृत्तिअन्तर्गतसोमबार नगर प्रमुख रामकृष्ण खाणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम ७ लाख ३० हजारबाट जनही ५ हजारका दरले पैसा पाएका हुन् । उक्त छात्रवृत्ति नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदारतथा विपन्न विद्यार्थीलाई प्रदान गरिएको हो ।
नगर प्रमुख खाणले आफू निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिक वापतको रकम छात्रवृत्ति वितरण गर्दैआएको बताए । उनले यस रकमले पढ्न इच्छा भएर पनि बीचमै पढाइ रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्यबनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए ।
'म धनी भएकाले पैसा बाँडे भनेर प्रचार गर्न दिएको होइन,' उनले भने, 'कुनै पनि बालबालिकाले पढ्ने अधिकारबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता आत्मसाथ गर्दै आफ्नोपारिश्रमिक बाँडेको हुँ ।' उनले बालबालिकामा लगानीले सुनौलो बिहानी ल्याउने भएकाले यसतर्फ सबैको ध्यान जानजरुरी रहेको बताए ।त्यस्तै, छात्रवृत्तिसँगै पालिकाले कक्षा ८, १० र कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा ल्याएका १२विद्यालयका १९ जना विद्यार्थीलाई सम्मान समेत गरेको छ ।
प्रतिविद्यार्थी ६ हजारका दरले एक लाख १४ हजार रुपैयाँ रप्रशंसापत्रले विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । सो अवसरमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरी , प्रमुखप्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य लगायतले जनप्रतिनिधिले आफ्नोपारिश्रमिकबाट छात्रवृत्ति वितरण गर्नु अरु जनप्रतिनिधिको लागि अनुशरणयोग्य भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)