Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पत्रकार महासंघ रुपन्देहीमा युनियन र चौतारीको संयुक्त प्यानल विजयी,अध्यक्षमा पाण्डे

पत्रकार महासंघ रुपन्देहीमा युनियन र चौतारीको संयुक्त प्यानल विजयी,अध्यक्षमा पाण्डे

  • 1.3K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीमा युनियन र चौतारीको संयुक्त प्यानल विजयी,अध्यक्षमा पाण्डे

    बुटवल,मंसिर २९ ।

    नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ ।

    अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो । कार्कीले ९५ मत प्राप्त गर्दाउनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए ।

    उनलाई प्रेस सेन्टरलगायतविभिन्न संगठनको समर्थन थियो । त्यस्तै प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले५९ मत ल्याएकी थिइन् ।उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित हुँदा, महिला उपाध्यक्षमा मिना पाण्डे(अस्मिना) १६४ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी माया केसी ६८ र उषाकिरण पन्थले १७ मत प्राप्त गरेकी थिइन्। सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा कपिल अधिकारीले ८५ मत प्राप्त गरे ।

    सहसचिवमा झविन्द्रदेवकोटा १५४ मत ल्याइ विजयी भए भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसैगरीसहसचिव समावेशीमा सुमनरश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी हुँदा राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले४६ मत ल्याए । त्यसैगरी कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी हुँदा सञ्जय सौगात विश्वकर्माले ६९ मतप्राप्त गरे ।

    त्यस्तै खुल्ला ८ जना सदस्यमा कल्पना डुम्रे १५२, ललितकुमार पाण्डे १४६,रविन्द्रप्रताप गुप्ता १३४, रामप्रसाद भण्डारी १३२,भुवन जिसी १२०, दिनेश कुमार श्रेष्ठ ११६,डिवि सुस्लिङ ११४ र सुमित्रा चापागाईं १११ मत प्राप्तगरी विजयी भएकाे निर्वाचन समितिले जनाएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला सदस्यतर्फ अनिताचौधरी १४८, दलित सदस्यमा कृष्ण रणपाल १४६, आदिवासी जनजाती सदस्यमा नरेश चौधरी १४२, मधेशी सदस्यमाहृदयराम गुप्ता १३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर २९ २०८११०:३३:४६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology