Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

तिनाउ पुलमा बोलेरो जिप दुर्घटना,खनाल दम्पत्तीसहित ३ जनाको मृत्यु

तिनाउ पुलमा बोलेरो जिप दुर्घटना,खनाल दम्पत्तीसहित ३ जनाको मृत्यु

  • 3.1K
    SHARES

  • तिनाउ पुलमा बोलेरो जिप दुर्घटना,खनाल दम्पत्तीसहित ३ जनाको मृत्यु

    बुटवल,मंसिर २९ ।
    रुपन्देहीको बुटवलस्थित तिनाउ पुलमा बोलेरो जिप दुर्घटना हुँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन् ।

    गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । तिनाउ पुल पार गरिसकेपछिको मोडमा जिप
    अनियन्त्रित भई ठाेक्किएकाे उनले बताए ।

    शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।उक्त जिप बुटवल स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर २९ २०८११०:१७:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology