Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पत्रकार महासंघ रूपन्देहीमा २ सय ३३ मत खस्यो,मतगणना जारी

पत्रकार महासंघ रूपन्देहीमा २ सय ३३ मत खस्यो,मतगणना जारी

  • 1.3K
    SHARES

  • पत्रकार महासंघ रूपन्देहीमा २ सय ३३ मत खस्यो,मतगणना जारी

    बुटवल,मंसिर २८ ।

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि शुक्रबार देशभर मतदान भएको छ । महासंघको केन्द्र, प्रदेश, जिल्ला समितिको नयाँ नेतृत्वको लागि निर्वाचन भएको हो । शुक्रबार रुपन्देहीमा भएको निर्वाचन शान्तिपुर्ण भएको निर्वाचन समितिले जनाएको छ ।  निर्वाचनमा २ सय ३३ मत खसेको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अहिले मतगणनाको कार्य सुरु भएको छ । पहिला केन्द्रीय समितिको अनि प्रदेश समितिको र अन्तिममा जिल्लाको मत गठना गरिने उहाँले बताउनुभयो । शनिबार बिहानसम्म जिल्लाको सबै नतिजा बाहिर आउने निर्वाचन समितिले जनाएको छ ।

    पत्रकार महासंघ रुपन्देहीको अध्यक्षको लागि लागि ३ जना चुनावी प्रतिस्पर्धामा छन् । रुपन्देहीको नेतृत्वका लागि दिनेश पाण्डे, विनोद परियार र अमृता अनमोल पाण्डेयले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिनु भएको हो । 

    पाण्डे नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उम्मेद्वार बन्नु भएको थियो भने परियार प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानबाट उम्मेद्वार बन्नु भएको हो ।

    यस्तै अनमोल स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेद्वारी दिनु भएको थियो । पत्रकार महासंघ रुपन्देहीमा २ सय ५४ जना सदस्य रहेका छन् । खुल्ला उपाध्यक्षमा विश्वास ढकाल र समावेशि अल्पसंख्यकमा गोविन्द घर्ति निर्विरोध हुनु भएको समितिले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर २८ २०८१०७:२८:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology