Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पत्रकार महासंघको अधिवेशन आज,रुपन्देहीको अध्यक्षमा तीन उम्मेदवार, उपाध्यक्षमा ढकाल र्निविरोध

पत्रकार महासंघको अधिवेशन आज,रुपन्देहीको अध्यक्षमा तीन उम्मेदवार, उपाध्यक्षमा ढकाल र्निविरोध

  • 1.2K
    SHARES

  • पत्रकार महासंघको अधिवेशन आज,रुपन्देहीको अध्यक्षमा तीन उम्मेदवार, उपाध्यक्षमा ढकाल र्निविरोध

    बुटवल,मंसिर २८ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन अन्तर्गत आज निर्वाचन हुदैछ ।यसअघि नै उपाध्यक्ष (खुल्ला) मा विश्वास ढकाल र्निविरोध निर्वाचित भएका छन् ।IMG_4104.jpeg

    उपाध्यक्षमा उम्मेद्वारी दिएका प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिएपछि ढकाल र्निविरोध निर्वाचितभएको निर्वाचन समितिले जनाएको छ ।IMG_4024.jpeg

    यस्तै अन्य समावेशीमा सदस्य पदमा पनि गोविन्द बहादुर घर्ती र्निविरोध निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा १३ जना र केन्द्रिय परिषद सदस्यमा ३ जना निर्विरोध निर्वाचित भैसकेका छन् । महासंघ रुपन्देहीको अध्यक्षमा  ३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    प्रेस चौतारी र युनियको साझा प्यानलबाट दिनेश पाण्डे चुनावी मैदानमा छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानलबाट विनोद परियार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    यस्तै प्रेस चौतारीकी केन्द्रिय सदस्य अमृता अनमोलले पनि अध्यक्षको प्रतिस्पर्धामा छिन् ।  यद्यपी बागि उम्मेद्वारीदिएको भन्दै उनलाई प्रेस चौतारीले निष्काशन गरिसकेको छ ।

    जिल्ला शाखा अधिवेशनको उपाध्यक्ष महिला पदमाउषादेवी पन्थ, माया केसी र मिना पाण्डे (अस्मीना) चुनावि मैदानमा छन् । यस्तै सचिव पदमा सीपी खनाल र कविराजअधिकारी चुनावी मैदानमा रहेका हुन ।यस्तै सह सचिव पदमा झविन्द देवकोटा, टेकराज भुषाल चुनावि मैदानमा छन् । सह सचिव समावेशीमा सुमन रश्मी श्रेष्ठ, राधेश्याम विश्वकर्मा र सुनिता चँदाली मैदानमा छन् ।युनियनले सहसचिवमा बागी उम्मेदवारी दिएका राधेश्याम बिश्वकर्मा र सदस्य खुल्लामा उम्मेदवारी दिएकी पुजा पन्थीलाइ संगठनबाट निश्काषन गरेको छ ।त्यस्तै कोषाध्यक्ष पदमा नरेश केसी र सञ्जय विश्वकर्मामा चुनावि मैदानमा रहेका छन् ।

    आज बिहान १० बजेदेखि मतदान हुदैछ ।रूपन्देहीमा २५८ जना मतदाता रहेका छन् ।IMG_4025.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर २८ २०८१०७:०६:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology