बुटवल,मंसिर २७ ।
खुशी जीवन नेपालले दुखी गरिब तथा असहायलाई सहयोग अभियान अन्तर्गत सहयोग गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा ३ को हाम्रो सागरमाथा आधारभुत विद्यालय सिमानगरमा अध्यनरत अति विपन्न परिवारका विध्यार्थीलाई न्यानो स्वेटर तथा टोपी वितरण गरेको हो ।
संस्थाले दोस्रो कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका वडा नं ११ देवीनगर को नेपाल अपाङ्ग आश्रममा न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।
खुशी जीवन नेपालले आफ्नो तेस्रो कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं ७ आम्दा टोलमा सम्पन्न गरेको हो । उक्त टोलमा आर्थिकरुपमा कमजोर तथा विपन्न परिवारका बालबालिका हरुका लागि न्यानो लुगा वितरण गरेको हो ।
कार्यक्रम मा संस्था का केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्मा (Deep Vora) , कमला राई , संस्था का सचीव सुरेन्द्र चौधरी , सल्लाहकार ज्ञानु बिक,विवेक पौडेल ,बिना रावल तथा हसमुल्लाखान को उपस्थिति रहेकोे थियो । 
कार्यक्रममा बोल्दै देश तथा विदेशमा रहने नेपालीहरु तथा आफ्नो व्यक्तिगत रुपमा खुशी जीवन नेपालले सहयोग कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनु भयो । सामाजिक सहयोग तथा सचेतना एक कार्यक्रम मात्र नभएर समाज सुधारको अभियान भएको कुरा बताउनुभयो ।
अभियान मा सहयोग गर्ने दाताहरु मा अमेरिका बाट -श्री राम खनाल , श्रीमती कमला फुयाल(खनाल ) , सुदर्शन खनाल, श्रीअनिस रिजाल , श्री लक्ष्मीप्रसाद खनाल , श्री हरि न्योपाने , श्रीमती रन्जना घिमिरे र श्रीमती अप्सरा घिमिरे तथा होङ्कोङ बाट श्रीमती रत्ना थापा , श्रीमती जुनु गुरुङ र श्रीमती अनिता थापा को योगदान रहेको संस्था का अध्यक्ष महेन्द्र विश्वकर्मा ले जानकारी दिनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)