Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी दर्ता (सुचिसहित)

पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी दर्ता (सुचिसहित)

  • 1.5K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाको उम्मेद्वारी दर्ता (सुचिसहित)

    बुटवल,मंसिर २६ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

    मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि नेपाल प्रेस युनियन र प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रगतिशिल र जनपत्रकार संघठनको संयुक्त प्यानलबाट विनोद परियारले उम्मेद्वारीदिएका छन् । पाण्डे पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन् भने परियार अहिले महासंघको सचिव समेत हुन् ।

    यस्तै अध्यक्षमा अमृता अनमोल र हरिष ढकालले पनि उम्मेद्वारी दर्ता गराएका छन् । ढकाल प्रेस युनियनरुपन्देहीका पूर्व अध्यक्ष तथा  सल्लाहाकार हुन् भने अनमोल  पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष तथा प्रेसचौतारीको केन्द्रिय सदस्य हुन् ।

    ढकाल र अनमोलले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका हुन् ।

    महासंघको पदाधिकारी रकार्यसमिति सदस्यमा पनि उल्लेखनीय रुपमा स्वतन्त्र रुपमा उम्मेद्वारी परेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले नागरिक अनलाइनलाइ जानकारी दिए ।

     रुपन्देही शाखामा २५८ जना सदस्यहरु रहेका छन् ।IMG_4033.jpegIMG_4032.jpeg

    IMG_4031.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, मंसिर २६ २०८१११:०२:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology