बुटवल,मंसिर २४ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कालिकाको प्रगति देखेर निकै खुशी लागेको बताउनुभएको छ । उहाँले शैक्षिक बिकासमा प्रदेश सरकार हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
बुटवल कालिका क्याम्पसको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन समाराेहलाइ सम्बाेधन गर्दै मन्त्री तिमिल्सिनाले बिद्यार्थीको अपेक्षा अनुसारका शैक्षिक गतिबिधि चलाउदा बिद्यार्थीहरुमा समेत हौसला बढ्ने बताउनुभयो ।
‘यहाँका बिद्यार्थीको उत्साहले मलाइ पनि थप उर्जा मिलेको छ,म र मेरो मन्त्रालयका तर्फबाट सधै सकारात्मक सहयोग रहनेछ । ’उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल अब शैक्षिक हवका रुपमा नेपालमै उत्कृष्ट बनेको बताउनुभयो । उत्कृष्टता र बिद्यार्थी संख्याका आधारमा सरकारले त्यस्ता बिद्यालयहरुमा लगानी थप बढाउनुपर्ने उहाँको भनाइ छ ।
क्याम्पस प्रमुख घनश्याम पाठकले कालिकामा अहिले ८ हजार भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेको भन्दै क्याम्पस ब्लकमा भने ४ हजार बिद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।
नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली सम्मानित हुनुभएको छ । ज्ञवालीलाइ नेपालमै उत्कृष्ट भएको बुटवल कालिका क्याम्पसले आफ्नो ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा दोसल्ला,नगद तथा प्रशंसापत्रसहित सम्मान गरेको हो ।
कालिका क्याम्पसको प्रचारप्रसार तथा खोजमुलक समाचार सम्प्रेषण गरि पत्रकारिता क्षेत्रबाट क्याम्पसलाई अतुलनीय योगदान गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,क्याम्पस प्रमुख घनश्याम पाठक तथा अध्यक्ष होमबहादुर गलामी लगायतले सम्मान गर्नुभएको हो ।

सो अवसरमा उत्कृष्ट बिद्यार्थी,शिक्षक ,पूर्व अध्यक्ष लगायतलाइ सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)