भैरहवा,मंसिर २४ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको आठौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट रायमाझीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
क्लबको दुई उपाध्यक्ष मतदानबाट चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत समिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिए । उपाध्यक्षमा दीपक घिमिरे २६ मत र दीपेन्द्र बडुवाल २३ मतका साथ निर्वाचित भए । उपाध्यक्षका अर्का उम्मेदवार शंकर प्रसाद पाण्डेले १४ र माधबराज न्यौपानेले ९ मत पाए ।
क्लबको महासचिवमा प्रकाश न्यौपाने, सचिवमा शशि पन्थी, कोषाध्यक्षमा विष्णु प्रसाद भट्टराई र सह–कोषाध्यक्षमा रबिन्द्र प्रताप गुप्ता निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा मोहम्मद हबिब, प्रतीक पौडेल, भीम भण्डारी, एलिना आचार्य, रुविना थापा मगर र अस्मिता अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै क्लबको तालिम समिति संयोजकमा अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी चयन भएका छन् ।
निर्वाचित भएपछि क्लबका अध्यक्ष रायमाझीले संस्थागत हितलाई माथि उठाउने गरी काम गर्ने बताए ।
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवा क्षेत्रमा प्रेस क्लबले खेलको भूमिका सराहनीय रहेको बताए ।
त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी, सल्लाहकार कुलमणि ज्ञवाली, मनोरञ्जन शर्मा लगायतले बोल्दै संस्थागत विकास र भैरहवा क्षेत्रको आर्थिक समृद्धिका लागि क्लब र यसमा आबद्ध पत्रकारहरुले आफ्नो कलममार्फत् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)