Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक,सूचीसहित

पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक,सूचीसहित

  • 1.1K
    SHARES

  • पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक,सूचीसहित

    काठमाडौँ,मङ्सिर २३ ।

    नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। महासङ्घले महासङ्घको केन्द्रीय समितिको मिति आगामी मङ्सिर २८ गते हुने निर्वाचनको लागि मनोनयन दर्ता भएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो। 

    महासङ्घका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ।  देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो। वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिनुभएको छ। 

    उपाध्यक्षमा महिलातर्फ गङ्गा पौडेल (बराल) र नितु पण्डितले उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्षमा समावेशीतर्फ उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिनुभएको छ।  महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ। त्यस्तै,  सचिवमा खुलातर्फ उत्तमसिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी, माधव दुलाल र रमेश खतिवडा उम्मेदवार दिनुभएको छ। 

    सचिवमा महिलातर्फ सरिता बराइली र सोनी शर्मा, सचिव आदिवासी जनजातितर्फ टीकाराम प्रधान, भिसन राई र सबिन प्रियासन, सचिव मधेशीतर्फ अशोककुमार तिवारी, प्रवीणकुमार चौधरी र श्रीजन झा, सचिव दलिततर्फ प्रकाश धौलाकोटी, भीमबहादुर विश्वकर्मा, वसन्त विक र सन्तोषकुमार बराइली र सचिव एसोसिएटतर्फ योगेश खपांगी, विकास कार्की, वैकुण्ठराज पराजुलीले उम्मेदवारी दिनुभएको छ। 

    महासङ्घको कोषाध्यक्षमा रामकृष्ण अधिकारी र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ।

    1.png2.png3.png4.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology