Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

बुटवलमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न

बुटवलमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न

  • 840
    SHARES

  • बुटवलमा दुई दिने प्रथम मगर साहित्य महोत्सव सम्पन्न

    बुटवल,मंसिर २३ ।
    नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ ।

    समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो ईतिहासका बारेमा नयाँ पस्तालाई समेत जानकारी गराउनु पर्नेमा जोड दिइन । 

    भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्रै सम्पूर्ण जातिको पहिचान र बिकास सम्भव रहेको बताउँदै उनले सम्पूर् मगरहरुलाई एकताको शुत्रमा बाधिन आग्र गरिन् । 

    बुटवलको जितगढी किल्लामा २ दिनसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता बाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकदा प्रदर्शनी, साँस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम भएका थिए । IMG_3730.jpeg

    महोत्सव अन्तरगत सम्पन्न मातृभाषा कविता बाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले प्रथम हुन सफल भएका छन् । उनलाई नगद १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी सिन्धुलीका भवानी आले द्वितीय भई नगद ७ हजार पुरस्कार राशी प्राप्त गरे भने रुकुमका गोपाल पुन तृतीय भई नगद ३ हजारसहित प्रमाणपत्रले सम्मानित भएका छन् ।

    यसैगरी सान्त्वना हुने अविनास आले र रिम रानालाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो । 

    यसैगरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ । उनलाई नगद २० हजार राशीसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मानित गरिएको थियो । महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघ सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ । उनलाई नगद १० हजारसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मान गरिएको थियो । 

    समापन कार्यक्रममा महोत्सव सफल पार्न योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । समापनको अवसरमा आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्माला थापाले उपस्थितहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेकी थिइन।

    यसैगरी मेला व्यवस्थापन समिति संयोजक केशरी तरामुले कार्यक्रम सञ्चालन गरेकी थिइन । महोत्सवका सम्पूर्ण गतिविधीलाई डकुमेन्टेसनका लागि जेबी दर्लामीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, मंसिर २३ २०८१०८:५१:३५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology