Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासङ्घमा युनियन र चौतारीबिच भागबन्डा, युनियनले ४२र चौतारीले ३२ जिल्ला अध्यक्ष लिने

पत्रकार महासङ्घमा युनियन र चौतारीबिच भागबन्डा, युनियनले ४२र चौतारीले ३२ जिल्ला अध्यक्ष लिने

  • 882
    SHARES

  • पत्रकार महासङ्घमा  युनियन र चौतारीबिच भागबन्डा, युनियनले ४२र चौतारीले ३२ जिल्ला अध्यक्ष लिने

    काठमाडौँ,मंसिर २१ ।

    नेपाल पत्रकार महासङ्घको आगामी २८ गते हुने महाधिवेशनमा नेतृत्वका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट प्रेस चौतारी र प्रेस युनियनबिच भागबन्डा भएको छ । 

    गएराति चौतारी र युनियनका नेताहरूबिच भएको छलफलमा महासङ्घको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित ५ पद लिने भएको छ भने युनियनले ८ पदमा उम्मेदवारी दिने भएको छ । 

    त्यसैगरी जिल्ला अध्यक्षमा चौतारीले ३२ र युनियनले ४२ वटा लिने सहमति भएको प्रेस चौतारीका उपाध्यक्ष राजेश राईले जानकारी दिए । 

    उनका अनुसार चौतारीले केन्द्रीय अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ भने बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी दिने सहमति भएको छ । 

    प्रदेशमा कोशी, मधेस, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिने तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिने गरी सहमति भएको छ । महाधिवेशनका लागि शुक्रवार मनोनयन दर्ता हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology