Logo बिहिवार, आश्विन १ गते २०८३
images

बालाजुको राजश्व कार्यालयका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुससहित पक्राउ

बालाजुको राजश्व कार्यालयका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुससहित पक्राउ

  • 2.1K
    SHARES

  • बालाजुको राजश्व कार्यालयका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुससहित पक्राउ

    बुटवल,पुस २९।

    आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग,टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो। 

    उनीहरूबाट अख्तियारले ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए। 

    अख्तियारले घुस रकम लेनदेन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो। 

    उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology