Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गैँडाकोटमा मोटरसाइकल दुर्घटना,भैरहवाका ज्ञवालीको मृत्यु

गैँडाकोटमा मोटरसाइकल दुर्घटना,भैरहवाका ज्ञवालीको मृत्यु

  • 1.2K
    SHARES

  • गैँडाकोटमा मोटरसाइकल दुर्घटना,भैरहवाका ज्ञवालीको मृत्यु

    बुटवल,मंसिर २० ।

    नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिरघाइते भएका छन् ।

    मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३५ का पंकज ज्ञवालीरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

    ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमाप्राविधिक अधिकृत पदमा कार्यरत थिए ।दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङ घर भएका वर्ष ३९ कासुकबहादुर गुरुङ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

    गुरुङ राष्ट्रिय मकैबालीअनुसन्धान कार्यक्रम चितवन रामपुरमा कार्यरत छन् ।

    गुरुङको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।कालीगण्डकी करिडोरबाट गैँडाकोटको मूख्य राजमार्ग तर्फ आउदै गरेको बागमती प्रदेश  ०६ ००१ प ६२७३ नम्बरकोबुलेट मोटरसाइकल राति ११ बजे गैँडाकोट ४ स्थित सडकमा दुर्घटनामा परेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, मंसिर २० २०८१०९:४२:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology