Logo बुधवार, श्रावण १३ गते २०८३
images

पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • 1.7K
    SHARES

  • पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    बुटवल,पुस २९।

    पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना पुष्टि भएको हो।

    यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ।पछिल्लो २४ घण्टामा ४ सय १४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ।

    त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ३७ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ४१५४ नमूनाको पिसिआर गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology