बुटवल,मंसिर १७ ।
बुटवल कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको एक कार्यक्रमका बिच मंगलवार उद्घाटन गरेको छ ।
कार्यक्रमको अध्यक्षता क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष होम गलामिको अध्यक्षता र लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा भएको थियो।
सप्ताह ब्यापिकार्यक्रमको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरिले कोठाको घोकन्ते विद्याले मात्रै विद्यार्थीको सिकाइ पुर्ण नहुने बताउदै साप्ताहिक खेलकुद, भलिबल, मार्शलआट, फुटबल जस्ता खेलकुदलाई सरकारले ध्यान दिन पर्ने बताए। अतिरिक्त कार्यक्रमले विद्यार्थीको क्षमता अभिबृदि संगै स्वस्थ नागरिक उत्पादन गरि देश बिदेशमा नाम सङै दाम पनि आर्ज गर्ने उनको जिकिर थियो।
अहिलेको अबस्थामा बिद्यार्थीहरु बिदेश जाने सोचमा आफ्नो पढाईलाइ नबिगार्न आग्रह गर्दै विद्यार्थीहरुको कम्जोर मानसिकताका कारण धेरै विद्यार्थी बिदेशीकोमा चिन्ता व्यक्त गरेका थिए।
उदघाटन सत्रको समापन गर्दै क्याम्पस अध्यक्ष होम गलामिले शिक्षा क्षेत्रमा आफ्नो क्वालिटिलाइ सुधार गर्दै जानकोलागि विद्यार्थीहरुलाइ आग्रह गर्दै अबको समय क्वालिटि, प्रतिस्पर्धा र प्रविधिको भएकोले त्यसलाइ ख्याल गर्दै अगाडि बढ्न आग्रह गरेका थिए।
कार्यक्रमको स्वागत गर्दै क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले स्थापनाकालको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्दै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ल्याएर क्याम्पसमा हाल अध्यापन हुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
क्याम्पसले मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तर संकाय छात्र टेबल टेनिस, छात्रा भलिबल, छात्रा २०० मिटर दौड, ४०० मिटर दौड , १००×४ मिटर दौड प्रतियोगिता भएका छन भने विद्यार्थी तथा प्राध्यापक शिक्षकहरुले क्याम्पस र रामनगर आसपास सरसफाइ गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)