Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

  • 939
    SHARES

  • गुल्मीको मुसिकोट नगरपालिका–१ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी

    बुटवल,मङ्सिर १७ । 

    गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् । 

    उपनिर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गरे  भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खातीले ५ मत प्राप्त गरेका छन्। 

    उक्त वडामा ५७.१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन् । मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदाता मध्य दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology