Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

न्यौपाने डेन्टल क्लिनिकको शाखा तिलोत्तमामा

न्यौपाने डेन्टल क्लिनिकको शाखा तिलोत्तमामा

  • 4.2K
    SHARES

  • न्यौपाने डेन्टल क्लिनिकको शाखा तिलोत्तमामा

    बुटवल,मंसिर १३ ।

    गुणस्तरीय दन्त उपचार सेवा आम नागरिक समक्ष पुर्याउने उद्देश्यका साथ न्यौपाने डेन्टल क्लिनिकको शाखा तिलोत्तमामा शुभारम्भ गरिएको छ ।

    बिगत २७ बर्षदेखि गुल्मीको सत्यवती ६ चोरकाटेमा सेवा दिदै आएको न्यौपाने डेन्टलले पहिलो शाखा रुपन्देहीको तिलोत्तमा ३ ड्राइभरटोलमा आज एक समारोहका बिचमा शुभारम्भ गरेको हो ।

    डेन्टलको तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले रिबन काटेर उद्घाटन गर्दै सेवालाइ सहज र  जनमैत्री बनाउन आग्रह गर्नुभयो । उहांले मुख स्वास्थ्य र दांतको महत्व रहेको भन्दै स्वास्थ्य प्रति सबै सधैभर संबेदनशील बन्नुपर्ने धारणा राख्नुभयो ।

    डेन्टल होमको शुभारम्भमा बोल्दै तिलोत्तमा वडा न ३ का वडाध्यक्ष कल्याण पौडेलले तिलोत्तमा रोजेकोमा ब्यबसायीलाइ धन्यबाद दिनुभयो । उक्त डेन्टलमा दन्त परिक्षण तथा विशेषज्ञ चिकित्सकको परामर्शका साथै दात सम्बन्धि सम्पूर्ण समस्याको अनुभवी विशेषज्ञ मार्फत उपचार गरिने संचालक दामोदर न्यौपानेले बताउनुभयो ।

    IMG_2915.jpeg
    कार्यक्रममा गुल्मी चिदीपानी तिलोत्तमा सम्पर्क समाजका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका निबर्तमान सभापति खिमप्रसाद भट्टराइ कृष्ण ,चिदीपानी तिलोत्तमा समाजका ओम भण्डारी लगायतले बोल्दै सेवालाई गुणस्तरिय बनाउन आग्रह गर्नुभयो ।

    सो डेन्टलमा डेण्टल सर्जन डा मनिषा पौडेल र डेन्टल हाइजेनिस्ट दिपेन्द्र न्योपाने लगायतले सेवा दिनुहुनेछ । तिलोत्तमामा करिब २० लाखको लागतमा सो डेन्टल संचालनमा आएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology