Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रोयल इन्फिल्ड क्लासिक ३५० ‘सिङ्गल्स एडिसन बाईक’ को बुटवलमा बिक्री शुभारम्भ

रोयल इन्फिल्ड क्लासिक ३५० ‘सिङ्गल्स एडिसन बाईक’ को बुटवलमा बिक्री शुभारम्भ

  • 855
    SHARES

  • रोयल इन्फिल्ड क्लासिक ३५० ‘सिङ्गल्स एडिसन बाईक’ को बुटवलमा बिक्री शुभारम्भ

    बुटवल,मंसिर १२ ।
    रोयल इनफिल्डको  नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा लिको यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठान  प्रा लि  ले आज क्लासिक ३५० सिग्नल्स एडिसन बाईक बजारमा ल्याएको छ ।

    बुटवलको कालिकानगरमा गैरे प्रतिष्ठान  प्रा लि का अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मी गैरेले सँयुक्त रुपमा उक्त बाईकको बिक्री शुभारम्भ गरेका हुन् ।

    ३५० सीसी इन्जिनको यो मोटरसाइकल लाई रोयल इन्फिल्डको पोस्ट वार जी .टु  मोडेलको मोटरसाइकलको रुपमा लिइन्छ । यो मोटर साईकल सिग्नल्स एडिसन डेजर्ट स्ट्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुने सञ्चालक सदस्य प्रवेश राज गैरेले बताए ।

    यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, साथै बलियो टर्क र अझ भरपर्दो सवारी अनुभव प्रदान गर्नुका साथै फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन सिट प्याडिडले शहरभित्र र लामो यात्रामा यात्रुलाई आरामदायी हुने पनि गैरेले बताए ।

    नयाँ एगोंनोमिक्स, ग्रिप्स, रोटरी सिच, इन्फो स्थिच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर उपलब्ध भएको उक्त मोटर साईकलको बजार मुल्य ५५५६०० रुपैया रहेको बरिष्ठ प्रबन्धक धुर्व सापकोटाले बताए ।

    बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक सँग ट्वीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक सँग सिङ्गल पिस्टन फ्लोटिङ्ग क्यलिपर रहेको सापकोटाले बताए । गैरे प्रतिष्ठान प्रालिले बिगत दुई वर्षको अवधिमा   रोयल इनफिल्ड हण्टर तीन सय ५०, रोयल इनफिल्ड हिमालयन स्क्रयाम चार सय ११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि बुटवलमा  ल्याईसकेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, मंसिर १२ २०८१०५:५१:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology