Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनमत पार्टीले रुपन्देहीको भैरहवामा रंगभेदविरुद्धको एकता दिवस

जनमत पार्टीले रुपन्देहीको भैरहवामा रंगभेदविरुद्धको एकता दिवस

  • 1.4K
    SHARES

  • जनमत पार्टीले रुपन्देहीको भैरहवामा रंगभेदविरुद्धको एकता दिवस

    भैरहवा,मंसिर ११ ।

    जनमत पार्टीले रुपन्देहीको भैरहवामा रंगभेदविरुद्धको एकता दिवस मनाएको छ । पार्टीको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार भैरहवामा नारा जुलुस तथा सभा गरेर दिवस मनाइएको हो ।

    सिद्धार्थनगर नगरपालिका–४ स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जुलुस गल्लामण्डी, मिलनचोक, बैंकरोड, देवकोटाचोक, आवारोड, प्रहरी टोल हुँदै मिलनचोकमा पुगेर सभामा परिणत भएको जनमत पार्टीका केन्द्रीय सदस्य राम अवध गुप्ताले बताए ।

    जुलुसमा सहभागी नेता–कार्यकर्ताहरुले रंगभेद आक्रमण बन्द गर, रंगभेद गर्न पाइँदैन, जनमत पार्टी जिन्दावाद, डाक्टर सि.के. राउत जिन्दावाद लगायतका नारा लगाएका थिए ।

    जुलुस पश्चात आयोजित सभालाई सम्बोधन गर्दै जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले यो राष्ट्रमा विगत लामो समयदेखि मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु समुदाय उत्पीडिनमा परेको बताए । उनले आफूहरुले कुनै जाति, धर्म, समुदायको विरोध नगरेको स्पष्ट पारे ।

    उनले भने, ‘यो राष्ट्रमा हामी मधेशी पनि छौं भन्ने देखाउन चाहन्छौं । हाम्रो सहभागीता प्रहरी, सेना, कर्मचारी लगायत राज्यका सम्पूर्ण निकायमा सहभागीता हुनुपर्छ ।’ सचिव यादवले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकार इच्छुक नरहेकोले युवाहरु विदेशिन बाध्य भएको बताए ।

    कार्यक्रममा पार्टीका नेताहरु चन्द्रशेखर सोनार, संजय कुमार मिश्रा, रामु यादव, रामकेश गुप्ता, विनोद पासवान, मुरारी प्रजापति लगायतले बोल्दै विभेद रहेसम्म संघर्ष जारी रहने बताए । उनीहरुले सबैभन्दा बढी विभेद किसानमाथि भएको बताए ।

    २०७१ मंसिर १० गते काठमाडौंको खुल्ला मञ्चमा कार्यक्रम गर्ने सिके राउतलगायत नेता–कार्यकर्ता गिरफ्तार भएका थिए । सोही घटनाको स्मरणमा जनमत पार्टीले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको पार्टीको केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामकेश गुप्ताले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology