Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

अग्रिम आयकर घटेसँगै अब दाल तथा गेडागुडीको मूल्य पनि सस्तिने

अग्रिम आयकर घटेसँगै अब दाल तथा गेडागुडीको मूल्य पनि सस्तिने

  • 999
    SHARES

  • अग्रिम आयकर घटेसँगै अब दाल तथा गेडागुडीको मूल्य पनि सस्तिने

    काठमाडौं,मंसिर १० ।

    सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ । मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो ।

    चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेका थिए ।

    सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो । सरकारले घटाएको अग्रिम आयकर आईतबारबाट कार्यान्वयनमा गइसकेको विभागले जनाएको छ ।

    दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो ।

    अग्रिम आयकर घटेसँगै अब दाल तथा गेडागुडीको मूल्य पनि सस्तिने भएको छ । १० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए । यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology