बुटवल,मंसिर ८ ।
गोल्डेन बुक्स पब्लिकेशन प्रालि काठमाण्डौ र एन प्याब्सन रूपन्देहीको संयुक्त आयोजनामा बुटवलमा एक दिवसीय अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।जिल्लाका बिभिन्न बिद्यालयमा अध्यापन गराउने करिब ८० जना बिज्ञान शिक्षकलाइ लक्षित गरेर अभिमुखीकरण गरिएको एनप्याब्सन रूपन्देहीका अध्यक्ष तिलब केसीले जानकारी दिनुभयो ।
विज्ञान शिक्षकहरुको क्षमता बिकास तथा समयानुसारको नया पाठ्यक्रमबारे समेत जानकारी दिन कार्यक्रम उपर्युक्त भएको पब्लिकेशनका बोर्ड डाइरेक्टर तथा डिस्ट्रब्युटर गोपाल बस्यालले बताउनुभयो ।समापन कार्यक्रममा अभिभावकसंघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
अभिमुखिकरणमा प्रशिक्षकहरू रमेश अधिकारी र दिपक भट्टराईले सहजीकरण गर्नुभयो ।
सो अवसरमा पब्लिकेशनका अध्यक्ष बिनोद बिष्ट,एनप्याब्सनका उपाध्यक्ष बाबुराम बञ्जाडे,कोषाध्यक्ष बिनोद थापा लगायतले बोल्दै अभिमुखिकरणले शैक्षिक गुणस्तर बढाउन मदतमिल्ने बताउनुभयो ।सो अवसरमा सहभागी सबैलाइ प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)