Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

गार्गी एकेडेमीमा ८ सय अभिभावकको नि:शुल्क स्वास्थ्य परिक्षण तथा बिज्ञान प्रदर्शनी सम्पन्न

गार्गी एकेडेमीमा ८ सय अभिभावकको नि:शुल्क स्वास्थ्य परिक्षण तथा बिज्ञान प्रदर्शनी सम्पन्न

  • 3.1K
    SHARES

  • गार्गी एकेडेमीमा ८ सय अभिभावकको नि:शुल्क स्वास्थ्य परिक्षण तथा बिज्ञान प्रदर्शनी सम्पन्न

    बुटवल,मंसिर ७ ।

    बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा नतिजा प्रकाशनसंगै स्वास्थ्य शिविर तथा बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा दवदह मेडिकल कलेजका  १७ जना डाक्टरको टिम सहभागि भइ ८ सय अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको प्राचार्य भुवन अधिकारीले बताउनुभयो । अधिकारीले विद्यालय अभिभावकहरुको माया र सदभावले नैं विद्यालयले छोटो समयमा सफलता हासिल गर्न सफल भएको बताउनुभयो ।

    विद्यालयका अध्यक्ष  झबिन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रणबहादुर थापा प्रमुख आतिथ्यता रहेको थियो ।gargi.jpg

    कार्यक्रममा स्त्री रोग बिशेषज्ञ ,छाला,नाक,कान घाटीँ,फिजिसियन,आखाँको समेत जांच गरिएको थियो । त्यस्तैगरि बिज्ञान प्रदर्शनीमा २४ वटा प्रोजेक्ट प्रदर्शन गरिएको थियो । यसमा कक्षा १ देखि कक्षा ९ सम्मका बिद्यार्थीले सहभागिता जनाएर प्रोजेक्ट निर्माण गरेका हुन्।

    कार्यक्रममा विद्यालयका सञ्चालक जीवन अधिकारी, सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।  विद्यालयका  २ हजार  २६७ विद्यार्थी अध्ययनरत रहेका छन्।sicence axi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology